यू-ट्वान्टी : भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल, तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्य
नेपालखोज
२०७९ साउन १५ गते ६:५१

काठमाडाैं । भारतमा जारी साफ यू-ट्वान्टी च्याम्पियनसिप फुटबलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल लगातार तेस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लने लक्ष्यमा रहेको छ भने भारतले दोस्रो जितको खोजीमा रहने छ ।
नेपालभन्दा भारत तुलनात्मक रुपमा बलियो मानिएकाले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० र दोस्रो खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । नेपाल र भारतबीचको खेल राति सवा सात बजे सुरु हुने छ ।
सम्बन्धित
प्रतिक्रिया