एसईईकाे ग्रेडवृद्धि परीक्षाका लागि आवेदन खुला
नेपालखोज
२०७९ साउन १५ गते ८:५०

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईकाे ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्नेले जनाएको छ ।
विद्यार्थी बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् । परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ ।

सम्बन्धित








प्रतिक्रिया