शुक्रबार, वैशाख १२, २०८२

१० अर्ब १० करोडको ट्रेजरी जारी गर्दै राष्ट्र बैंक

नेपालखोज २०७९ साउन १५ गते १६:१०

काठमाडौ । नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । भोलि (सोमबार) अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

साउन १७ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी ९१ दिने अवधिको पाँच अर्ब १० करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँको रहेको छ ।

यी ट्रेजरीहरूको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्तिक १५ गते र २०७९ माघ १७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरणअन्तर्गतको रहेको छ ।

गत साता पनि राष्ट्र बैकले १५ अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया