सोमबार, पुष ७, २०८२

राष्ट्रिय वाणिज्य बैंकको फुल डबल मुद्दती योजना सार्वजनिक !

नेपालखोज २०७९ साउन १५ गते १७:०४

काठमाडौं । राष्ट्रिय बैंक लिमिटेडले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम छ बर्ष सात महिना २३ दिनमा दुई गुणा हुने छ ।

सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यो मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुबिधामा ५० प्रतिशत छुट पाउनेछन् ।

त्यसैगरी डेबिट कार्ड, मोबाइल बैंकिङ सेवामा सुरुको वर्ष निशुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिनेछ ।

देशभरका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत यो मुद्दती खाता खोल्न सकिने छ । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २५८ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया