सोमबार, पुष ७, २०८२

अर्थमन्त्री शर्माले लिए शपथ !

नेपालखोज २०७९ साउन १५ गते १८:१७

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गाेपनियता शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले असार २२ गते राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले उनलाई क्लिन चिट दिएपछि उनी पुन: अर्थमन्त्री बनेका थिए ।

प्रतिक्रिया