यू-ट्वान्टी : भारतसँग नेपालको लज्जास्पद हार
नेपालखोज
२०७९ साउन १५ गते २१:१७

काठमाडाैं । साफ यू-ट्वान्टी च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ । सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल भारतसँग भने आठ शून्यले पराजित भयो । जित्ने पर्ने खेलमा भारतले नेपालको पोष्टमा गोलको वर्षा गर्यो ।
भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको खेलमा नेपालको प्रदर्शन अपेक्षा अनुसार रहन सकेन । अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । जारी प्रतियोगितामा नेपाल एकै खेलमा धेरै गोल खाने टिम बनेको छ ।
सम्बन्धित
प्रतिक्रिया