‘डिजिटल साक्षरताले इतिहासलाई स्मरण गराउँछ’

काठमाडौं । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गर्ने र इतिहासलाई स्मरण गराउने बताएका छन् । सञ्चार रजिष्ट्रारको कार्यालय वाग्मती प्रदेशद्वारा प्रकाशित पुस्तक आइतबार हेटौंडामा विमोचन गर्दै मन्त्री खनालले यी दुवै पुस्तकले वाग्मती प्रदेश र आफ्नो मन्त्रालयको साख बढाएको बताए ।
‘अब प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुर्याउनेछ,’ मन्त्री खनालले भने । सञ्चार रजिष्ट्रारका रुपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिँदा यी सफलता प्राप्त भएको पनि मन्त्री खनालले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताए । ‘यस्ता कार्यलाई निरन्तरता दिनुपछ,’ सचिव शर्माले भने ।
उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरका रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीका रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ । पत्रकारिता इतिहासको अभिलेख भएको सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बताए ।
प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलोपटक सरकारीतहबाट ज्येष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुआत गरिएको बताइएको छ । उनीहरूको दृष्टिकोणमा अबको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढ्न पाइने जनाइएको छ । निश्चित पेसा वा क्षेत्रका लागि मात्रै नभएर डिजिटल प्रविधिमा रुचि राख्ने सबै खालका नेपाली पाठकलाई ध्यानमा राखेर डिजिटल साक्षरता पुस्तक तयार पारिएको सञ्चार रजिष्ट्रार सापकोटाले बताए । -रासस








प्रतिक्रिया