वाग्मतीसहित ५ वटा प्रदेशमा भारी वर्षाकाे सम्भावना
नेपालखोज
२०७९ साउन १६ गते ६:२१

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने देशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोतथा प्रदेश १, मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, आज राति देशभर सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, मधेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया