प्रभु र सेन्चुरी मर्ज हुने, स्वाप रेसियो १:१
नेपालखोज
२०७९ साउन १६ गते ८:५२

काठमाडाैं । प्रभु बैंकमा सेन्चुरी बैंक गाभिने भएको छ । प्राप्तिसम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको विज्ञप्तिमार्फत जनाइएकाे छ । दुवै बैंकको संयुक्त मर्जर कमिटिको बैठक बसी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वाप रेसियो भने १:१ हुने सहमति जनाइएको छ ।
दुवै बैंक एकपछि २२ अर्ब चुक्ता पुँजी पुग्नेछ । दुई बैंक मर्जरमा जाँदा चुक्तापुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । हाल सेन्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया