सोमबार, पुष ७, २०८२

ऋणपत्र निष्कासन गर्दै महालक्ष्मी विकास बैंक

नेपालखोज २०७९ साउन १६ गते १४:२१

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले प्रतिऋणपत्र अंकित मूल्य एक हजार अंकित दरले कुल एक अर्ब रुपैयाँ (१० लाख कित्ता) मूल्यबराबरको दशवर्षे ऋणपत्र बिक्री गर्न लागेको छ ।

बैंकले ऋणपत्र निष्कासनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
आज (सोमबार) बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक समारोहमा वार्षिक ११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्न महालक्ष्मी र एनआईसी एशिया क्यापिटलबीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । आवश्यक प्रक्रिया पूरा गरेपछि बैंकले ऋणपत्र बिक्री गर्नेछ । ऋणपत्रमध्ये ६० करोडबराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० करोडबराबरको ऋणपत्र रकम सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मतीमा ३७, गण्डकीमा ९, लुम्बिनीमा १८, कर्णालीमा २ र सुदूरपश्चिममा १७ गरी १०३ शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकको वैदेशिक यात्राका क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस् भन्ने उद्देश्यले भिसा ईएमभी चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

समग्रमा चिप बेस ट्राभल कार्ड, ई-कमर्स कार्ड र डलर कार्ड जारी गर्ने महालक्ष्मी अग्रणी बैंक हो ।

प्रतिक्रिया