सोमबार, पुष ७, २०८२

तारकेश्वरमा पाण्डे परिवारका ४ जना मृत भेटिए

नेपालखोज २०७९ साउन १६ गते १४:५६
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तारकेश्वर नगरपालिका २, पदमसालमा एकै परिवारका चारजना मृत भेटिएका छन् । प्रहरीका अनुसार दिनेश पाण्डेको परिवार मृत भेटिएको हो ।

मृत्यु हुनेमा ४१ वर्षीय दिनेशसहित ३९ वर्षीया पत्नी सुनीता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक पाण्डे छन् । घटनास्थलको प्रक्रिया हेर्दा पाण्डे परिवारको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) जनक भट्टराईका अनुसार प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको छ । पाण्डे परिवार गोरखाको भीमसेन थापा गाउँपालिका ६, अश्राङ घर भई पदमसालमा बस्दै आएको थियो ।

प्रतिक्रिया