सोमबार, पुष ७, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै

नेपालखोज २०७९ साउन १७ गते ८:१६
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

आजकाे बैठकमा ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टाण्डर्ड नाप र तौल पाँचौं संशोधन) विधेयक, २०७४’, ‘प्रत्यायन विधेयक, २०७८’ विधेयक प्रस्तुत् गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, ‘तथ्यांक विधेयक, २०७८’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने सम्भावित कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ । 
 

प्रतिक्रिया