पर्यटन मन्त्रालयका उपसचिव नेपाल २२ लाख घुससहित रंगेहात पक्राउ
नेपालखोज
२०७९ साउन १७ गते २१:४५

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुससहित पक्राउ गरेको छ ।
उनी २२ लाख ५० हजार घुससहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । उनलाई नक्साल नागपोखरीको एक होटेलबाट रंगेहात पक्राउ गरिएको उल्लेख गरिएकाे छ ।
प्याराग्लाईडिङ सञ्चालनको लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग ६ लाख घुस लिइसकेको अवस्थामा र उनले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा श्रोत नखुलेको थप रकम १६ लाख ५० हजार गरी जम्मा २२ लाख ५० हजार रुपैयाँ बरामद गरेकाे हाे । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ ।
सम्बन्धित








प्रतिक्रिया