कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा, बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२९ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ६१ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर









प्रतिक्रिया