शनिबार, वैशाख २७, २०८२

साफ यू-ट्वान्टी टिम भारतबाट फर्कंदै

नेपालखोज २०७९ साउन १९ गते ८:४९

काठमाडाैं । भारतमा भएकाे यू-ट्वान्टी साफ च्याम्पियनसिप २०२२ प्रतियोगितामा सहभागी नेपाली टोली आज स्वदेश फर्कदै छ । अखिल नेपाली टिम आज दिउँसाे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आइपुग्ने नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे छ ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेल बराबर र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो ।

प्रतियोगिताको उपाधि लागि बंगलादेश र साबिक विजेता भारत भिड्नेछन् । भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको थियाे ।

प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४-० र श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यस्तै, भारतसंग ८-० ले हार्दा बंगलादेशसंग १-१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया