समृद्धि फाइनान्स र ग्रोथ सेलरबीच जनशक्ति व्यवस्थापनको सम्झौता

काठमाडौं । समृद्धि फाइनान्स र ग्रोथ सेलर प्रा.ली बिच जनशक्ति व्यवस्थापन सम्बन्धित सम्झौता भएको छ । सम्झौता पछि समृद्धि फाइनान्सको लागि आवश्यक जनशक्ति नियुक्तिका लागि ग्रोथ सेलरले सम्पूर्ण जनशक्ति नियुक्तिका प्रकृयामा सहयोग गर्नेछ । संस्थाको विभिन्न शाखामा आवस्यक जनशक्ति दक्ष अर्धदक्ष, सिकारु आवस्यकता हेरी नियुक्तिको लागि ग्रोथ सेलरले समन्वय गर्नेछ ।
समृद्धि फाईनान्सलाई आवश्यक जनशक्तिको नियुक्तिमा सहज पहुँच गराई संस्थाको प्रगतिमा ग्रोथ सेलरले महत्त्वपूर्ण भुमिका खेल्ने विश्वस व्यक्त गर्दै ग्रोथ सेलर प्रा. लि.का संस्थापक अध्यक्ष मोहन ओझाले समृद्धिसंग जोडिन पाउनु खुशीको कुरा रहेको जानकारी गराए । त्यस्तै संस्थाको तर्फबाट उक्त सम्झौतामा हस्ताक्षर गर्ने मानव संसाधन विभागका प्रमुख रामहरि रिमालले उक्त सम्झौताबाट संस्थाले आगामी दिनमा अति आवस्यक अवस्थामा नयाँ जनशक्ति नियुक्ति गर्न सहज अवस्था सिर्जना गरेको र यसले दुवै संस्थालाई फाईदा पुग्ने विचार व्यक्त गरे ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।








प्रतिक्रिया