सोमबार, पुष ७, २०८२

जुवातास खेल्ने १७ जना पक्राउ

नेपालखोज २०७९ साउन २० गते १४:२८

काठमाडौं । काठमाडौं महानगरपालिका ४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङ रावावेशी गाउँपालिका ५ घर भई हाल काठमाडौं महानगरपालिका ४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार रुपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बुढानिलकण्ठ नगरपालिका १० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५४ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया