अर्काको नाममा परीक्षा दिन गएका सुजन पक्राउ
नेपालखोज
२०७९ साउन २० गते १४:४२

भक्तपुर । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १० का २१ वर्षीय सुजन भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका ९ राधेराधे ईजीवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारीसाधनको प्रयोगात्मक परीक्षामा ललितपुर महालक्ष्मी नगरपालिका ६ का २९ वर्षीय सन्तोष थापाको नाममा सुजनले परीक्षा दिइरहेका थिए ।
परीक्षा दिइरहेका सुजनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले बिहीबार नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया