बिहान-बिहानै ४.५ रेक्टरको भूकम्प, केन्द्रविन्दु नुवाकोटको बेल्कोटगढी !
नेपालखोज
२०७९ साउन २१ गते ६:०२

काठमाडौं । काठमाडौंमा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु बनाएर ४.५ रेक्टरको भूकम्प गएको हो ।
शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौं, धादिङ, नुवाकोटमा भूकम्पको धक्का महसुस गरिएको हो । यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टरको भूकम्प गएको थियो ।

सम्बन्धित








प्रतिक्रिया