कैलालीमा कुलोमा डुबेर बालकको मृत्यु
नेपालखोज
२०७९ साउन २१ गते १६:४२

कैलाली । कैलालीको टीकापुर नगरपालिका १ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
नुहाउने क्रममा डुबेर बेहोस भएका परियारलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।-रासस
सम्बन्धित








प्रतिक्रिया