इजरायल-प्यालेस्टाइन तनाव : एक वर्षपछिको सबैभन्दा गम्भीर हिंसा
नेपालखोज
२०७९ साउन २२ गते ९:४५

काठमाडाैं । इजरेलले आफूले गाजा स्ट्रीपमा इस्लामिक जिहादका अर्का वरिष्ठ नेताको हत्या गरेको बताएको छ । सैनिक अधिकारीहरूले खालेद मन्सुर रफा सहरमा गरिएको हवाई हमलामा मारिएको जनाएका छन् ।
मंगलबार इस्लामिक जिहादका एक जना वरिष्ठ सदस्यलाई इजरेलले हत्या गरेपछि चर्किएको तनावमा कम्तीमा २४ जना प्यालेस्टिनीहरूले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन् ।
मारिनेमा ६ जना बालबालिका रहेका छन् । विद्रोहीहरूले शुक्रबार यता इजरेलमा ३५० भन्दा बढी रकेट प्रहार गरेका छन् । इजरेलले समूहको दिएको ‘धम्की’ पछि हमला गरिएको बताएको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया