इमर्जिङ नेपालको निमित्त प्रमुुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त
नेपालखोज
२०७९ साउन २२ गते १४:५७

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिको ७०औं बैठकको निर्णानुसार साउन २० गतेबाटै लागु हुनेगरी उनलाई निमित्त प्रमुुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
हिरोवट युनिभर्सिटी यूकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एन्ड बैंकिङ लिमिटेडमा लगानी प्रमुख भई चार वर्ष काम गरेको अनुभव छ ।
मर्चेन्ट एन्ड बैंकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
सम्बन्धित








प्रतिक्रिया