१० अंकले नेप्से बढ्दा २ अर्ब ६७ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से १० दशमलव २७ अंकले बढेर २१ सय २३ दशमलव ८२ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ११ अंकले बढेर चार सय नौ दशमलव ५६ अंकमा चढेको छ ।
दुई सय १९ कम्पनीहरूको ४४ हजार दुई सय ४० पटकको कारोबारमा ६१ लाख ६ हजार पाँच सय २१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण कुल कारोबार रकम दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार दुई सय ३२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहको कारोबार भएकामा जीवन बिमा समूहको सूचक चार दशमलव ५५ अंकले घटेर बाँकीको सूचक भने बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव २२ अंकले बढेर १३ सय ८० दशमलव ४६ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक ५२ दशमलव ४४ अंकले बढेर तीन हजार आठ सय ६५ दशमलव तीन अंकमा पुगेको छ ।
जलविद्युत् समूहको सूचक २६ दशमलव २२ अंकले बढेर २५ सय ७८ दशमलव ९५ अंकमा चढेको छ । निर्जीवन बिमा समूहको सूचक शून्य दशमलव ७५ अंकले बढेर आठ हजार चार सय आठ दशमलव ४६ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार ९० रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले घटेर प्रतिकित्ता नौ सय १५ रुपैयाँमा सेयर कारोबार भएको छ ।
यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता सात सय ८५ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ८९ लाख ८२ हजार एक सय ६३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया