राष्ट्रियसभाको बैठक आज बस्दै
नेपालखोज
२०७९ साउन २३ गते ७:०३

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
साथै, अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया