मंगलबार, पुष ८, २०८२

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : असोज २३ गते मनोनयन दर्ता

नेपालखोज २०७९ साउन २४ गते ७:३७

काठमाडाैं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेकाे छ । आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेकाे हाे ।

कार्यतालिकाअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन दर्ता कार्यक्रम तय गरिएको छ । 

यस्तै, अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । त्यसैको आधारमा असोज २८ देखि मतपत्र छपाइ गर्ने तय गरिएको आयोग स्रोतले जनाएको छ ।

आयोगका अनुसार मंसिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइनेछ । मंसिर ४ गते बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया