पालना भएन महानगरको अल्टिमेटम, जग्गा खाली गर्न नर्भिकलाई थप समय दिइने !

काठमाडौं । आफ्नो नाममा रहेको जग्गाको अवैध संरचना हटाउन काठमाडौं महानगरपालिकाले हिजो (सोमबार) नर्भिक अस्पताललाई चौबीस घण्टे अल्टिमेटम दिएको थियो । अल्टिमेटम पालना भए नभएको हेर्न मेयर बालेन शाह मंगलबार (आज) नर्भिक पुगेका थिए ।
पत्रकार सम्मेलन गरेर नर्भिकले उक्त जग्गामा हस्पिटलको अक्सिजन लगायत अत्यावश्यक सामान भएकोले तत्काल संरचना हटाउन नसक्ने बताएको छ । यसमा मेयर बालेन लचिलो बनेका छन् । अस्पतालले अल्टिमेटम पालना गर्न नसक्ने अवस्था आएपछि यस बारेमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएको छ । उक्त संरचना हटाउन इन्जिनियरहरुको सुझाव अनुसार महानगरले समय उपलब्ध गराउने र त्यस समयभित्र नर्भिकले संरचना खाली गर्ने दुई पक्षबीच समझदारी भएको छ ।
नर्भिकले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ । कानुनअनुसार जग्गा लिजमा लिएको र सम्झौता अझैँ आठ वर्ष बाँकी रहेको अस्पताले जानकारी दिएको छ ।









प्रतिक्रिया