२७ न्यायाधीशका लागि २७७ जनाको आवेदन ! (नामसहित)

काठमाडौं । उच्च अदालतका २७ न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका छन् । न्यायपरिषद्ले २७७ जनाको सूची तयार पारेको छ । तीमध्ये सबैभन्दा बढी कानुन व्यवसायीले आवेदन दिएका छन् ।
न्याय परिषद्का अनुसार २७ सिटका लागि सबैभन्दा धेरै कानुन व्यवसायीबाट १६१ जनाले निवेदन दिएका छन् । संविधानअनुसार उच्च अदालतको न्यायाधीश पदका लागि योग्यता पुगेका जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी, कानुन व्यवसायीलगायतले आवेदन दिएका हुन् । संविधानको धारा १४० मा उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरिएको छ ।
२७७ जनामध्ये १६१ जना कानुन व्यवसायी, ७५ जना जिल्ला न्यायाधीश, १३ जना न्याय समूहका कर्मचारी, ९ जना सरकारी वकिल समूहका कर्मचारी, ८ जना कानुन समूहका कर्मचारी र अन्वेषक, अध्यापकबाट ११ गरी कुल २७७ जनाको आवेदन परेको हो, जसमा १९ जना महिला छन् ।
न्यायाधीशका लागि आवेदन दिने २७७ जनाको नाम :
















प्रतिक्रिया