बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा !
नेपालखोज
२०७९ साउन २५ गते १४:३८

काठमाडौं । बालाजु बाइपास स्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । श्री पाण्डेको ‘वान वल्र्ड फुटवेयर प्रालि’मा बुधबार बिहान ११ बजेदेखि लागेको आगो १ः३०मा नियन्त्रणमा आएको हो ।
विद्युत सर्ट भएर आगोलागी भएको जिल्ला प्रहरी परिस काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । अग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीका कारण कारखाना नजिकै रहेको एक घरमा सामान्य क्षति भएको छ, भने धुवाँले केही घर प्रभावित भएका छन् ।
जुत्ता स्टोर र प्रज्वनशील वस्तु भएकाले आगो छिटो फैलिएको हुन सक्ने स्थानीयको भनाइ छ । क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरीले बताएको छ ।
सम्बन्धित








प्रतिक्रिया