चौबीस घण्टामा ८६८ जनामा कोरोना संक्रमण, तीनको मृत्यु
नेपालखोज
२०७९ साउन २५ गते १६:३१
काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ८६८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ७ सय ५ जनाको नमुना परीक्षण गर्दा ८६८ जनामा कोरोना संक्रमण देखिएको हो ।
३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जनामा र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४१४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ८८५ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया