मंगलबार, पुष ८, २०८२

बीओके र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सम्झौता

नेपालखोज २०७९ साउन २५ गते १८:१०

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) ले आफ्ना ग्राहकलाई समयसापेक्ष डिजिटल बैंकिङ सेवा–सुविधा दिँदै आइरहेको छ । बैंकले अझै परिस्कृत सेवा बनाउने सिलसिलामा फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटसँग भुक्तानी सेवासम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतापश्चात् बैंकका कार्डवाहकले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् । बैंकका कार्डवाहकले कार्ड लिंकपश्चात मोको डिजिटल वालेटमार्फत विभिन्न भुक्तानी सेवाको उपभोग गर्न मिल्नेछ । भुक्तानी सेवामा जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकटको भुक्तानीलगायत सेवाको उपभोग मिल्नेछ ।

साथै, बैंकका कार्डवाहकले मोकोमार्फत स्क्यान गरी १५ सयभन्दा बढी मर्चेन्टमा भुक्तानी गर्न मिल्नेछ ।
यस संगै बैंकका कार्डबाहकहरुले आफ्नो कार्डको प्रयोग गरी विभिन्न सेवाहरुको भुक्तानी तुरुन्तै गर्न सकिने छ । यस सेवाको प्रयोग गर्न ग्राहकहरुले मोको डिजिटल वालेटको एप गुगल प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गरी आफ्नो बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड लिंक गर्नुपर्ने छ । हालसम्म बैंकले एक सय तीन वटा शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया