दुई पटकसम्म स्थगित भएको एन्फा कार्यसमितिको बैठक आज बस्दै
नेपालखोज
२०७९ साउन २६ गते ८:५६

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दै छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजेदेखि सुरु हुनेछ ।
यसअघि २ पटक स्थगित भएको बैठकलाई निकै चासो दिइएको छ । २ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया