मंगलबार, पुष ८, २०८२

दल दर्ता, उम्मेदवार छनोट र घोषणापत्र बनाउन एकीकृत समाजवादीले तोक्यो जिम्मेवारी

नेपालखोज २०७९ साउन २६ गते १३:०१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ ।

शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उम्मेद्‌वारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारे प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय गंगालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ । -रासस

प्रतिक्रिया