थपिए ८१५ संक्रमित, ५ जनाको मृत्यु
नेपालखोज
२०७९ साउन २६ गते १६:२१
काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ८१५ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ५ सय ३४ जनाको नमुना परीक्षण गर्दा ८१५ जनामा कोरोना संक्रमण देखिएको हो ।
२ हजार ४११ जनाको पीसीआर परीक्षण गर्दा ४६५ जनामा र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४७६ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५ हजार ८६९ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया