दश लाख नरिवलको विरुवा रोप्दै इन्डोनेसिया
नेपालखोज
२०७९ साउन २६ गते २१:५३

इन्डोनेसिया । इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।
जोकोवीको नामले चिनिने राष्ट्रपतिले त्यहाँका दुईवटा गाउँको भ्रमण गर्ने क्रममा स्थानीय अधिकारीहरूसँग नरिवलका विरुवा रोपेको बताइएको छ । राष्ट्रपति जोकोवीले अहिलेसम्म त्यस प्रान्तमा करिब २,००,००० नरिवलका रूखहरू रोपिएको बताएका छन् ।
‘अहिले यो सुरु मात्र गरेका छौँ करिब १० लाख नरिवलका विरुवा रोप्ने लक्ष्य छ,’ उनले भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका छन् । नरिवलको रुखले एक वर्षमा १८० वटा फल फलाउन सक्ने र पाम सुगर र खाना पकाउने तेलमा प्रशोधन गर्न सकिने बताइएको छ । साथै यसबाट स्थानीयको आम्दानीमा वृद्धि हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया