मंगलबार, वैशाख १८, २०८१

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७९ साउन २७ गते १०:५७

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ७ सय रुपैयाँ बढेको छ । तेजाबी सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया