शुक्रबार, जेठ ३, २०८२

रुसी कब्जामा रहेको युक्रेनी परमाणु ऊर्जा केन्द्रमा पुनः आक्रमण, राष्ट्रसंघको चेतावनी

नेपालखोज २०७९ साउन २८ गते ८:१३

काठमाडाैं । युक्रेनको जापोरीजा परमाणु ऊर्जा केन्द्रमा थप बमबारी भएका विवरणहरू आएका छन् । परमाणु केन्द्रमा गरिएको आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन् ।

युरोपकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्रको कार्यालय र अग्नि केन्द्रमा १० वटा प्रहार भएको युद्धरत दुवै पक्षले बताए । यस विषयमा छलफलका लागि संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पनि छलफल भइरहेको छ । राष्ट्रसङ्घको परमाणु निगरानी निकाय प्रमुख रफाएल ग्रोसीले आक्रमणलाई ‘गम्भीर समय’ भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले घटनाले ‘विपत्ति निम्त्याउन सक्ने’ बताए ।

रुसले विश्वकै सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको आरोप युक्रेनले लगाएको छ। यो परमाणु ऊर्जा केन्द्र गत मार्चयता रुसको कब्जामा छ ।

बुधबार औद्योगिक राष्ट्रहरूको समूह जी सेभेनका विदेश मन्त्रीहरूको बैठकले उक्त ऊर्जा केन्द्रको नियन्त्रण रुसले तत्काल युक्रेनलाई फिर्ता गर्नुपर्ने बताएको थियो ।

प्रतिक्रिया