काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
नेपालखोज
२०७९ साउन २९ गते ६:४३

काठमाडौं । काठमाडाैं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएकाले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुन महाशाखाले जनाएको हाे ।
महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ ‘पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको र सबै नदीमा जलसतह बढ्दो छ, मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्छ । अर्को तीन घण्टा नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाऔं ।’
सम्बन्धित








प्रतिक्रिया