ल्यान्डफिलसाइट प्रभावित बासिन्दाले भदाै १ गतेदेखि गर्ने भनेकाे आन्दाेलन फिर्ता

काठमाडाैं । सिसडाेल -बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित बासिन्दाले भदाै १ गतेदेखि गर्ने भनेकाे आन्दाेलन फिर्ता लिएका छन् । मन्त्रिपरिषद्काे निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले गरेकाे निर्णयअनुसार प्रभावित क्षेत्रकाे पूर्वाधार विकास तथा समस्या समाधानका लागि जनाएकाे प्रतिबद्धता पुरा हुने अपेक्षा गर्दै स्थानीयले आन्दाेलन फिर्ता लिएका हुन् ।
स्थानीयले एक विज्ञप्ति जारी गर्दै भदाै १ गतेदेखि समस्या समाधानका लागि काम सुरू हुने विश्वास व्यक्त गरेका छन् ।ल्यान्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सराेकार समितिले काठमाडाैं महानगरपालिकालाई आफूले जनाएकाे प्रतिबद्धता नबिर्सन आग्रह गरेकाे छ ।
समितिले प्रभावित क्षेत्रका गाउँ गाउँमा गन्धनिराेधक औषधि तथा स्वस्थ्यका सन्दर्भमा दैनिक कर्तब्य निष्ट हुन मेयर बालेन्द्र शाहलाई अनुराेधसमेत गरेकाे छ ।
सिसडाेल-बञ्चरेडाँडा ल्यान्डफिलसाइट प्रभावित बासिन्दाले पटक पटक फाेहाेर व्यवस्थापनमा अवराेध गर्दा काठमाडाैंकाे फाेहाेर व्यवस्थापनमा समस्या भइरहेकाे छ ।








प्रतिक्रिया