बीओकेका ग्राहकलाई मानसरोवर रिसोर्टमा १० प्रतिशत छुट
नेपालखोज
२०७९ साउन ३१ गते १२:१८

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच सम्झौता भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् ग्राहकले मानसरोवर रिसोर्टमा उपलब्ध हुने सेवामा एकमुष्ठ १० प्रतिशतको छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । रिसोटले बाँकेको नेपालगन्जबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।
हालसम्म बैंकले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया