बुधबार, पुष ९, २०८२

देउवाद्वारा १० जना कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित

नेपालखोज २०७९ साउन ३१ गते १८:४८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

उनीहरू कांग्रेस पार्टीको विधान २०१७ को धारा २१ को उपधारा १० बमोजिम केन्द्रीय कार्य समितिको सदस्यमा मनोनित भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् ।

प्रतिक्रिया