मंगलबार, पुष ८, २०८२

हरितालिका तीजको अवसरमा सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई बैंकको कोसेली

नेपालखोज २०७९ साउन ३१ गते १८:४३

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट÷क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ । साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ ।

यसैगरी पहिलो पस कारोबारमा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैंयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने बैंक्ले जानकारी दिएको छ ।

साथै, क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालयतथा १२० वटा एटीएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया