कारागारमा जीवन विकासको शुद्ध खानेपानी

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालय कटहरीको संयोजकत्वमा कारागार कार्यालय मोरङ विराटनगरमा शुद्ध खानेपानी जडान गरिएको छ । विराटनगर कारागारमा लगभग ११ सय कैदी छन् ।
कारागारमा पानीमा कन्डक्टिभिटी, आइरन, म्याग्नासिन, आर्सेनिकको मात्र बढी भई छालासम्बन्धी एलर्जी, लुतो र पेटको रोगहरुको समस्या देखापरेको थियो । अब उप्रन्त यस प्लान्ट जाडान भएपछि उक्त समस्या समाधान हुने संस्थाको विश्वास छ ।

जडित प्लान्टको नाम वाटर ट्रिटमेन्ट प्लान्ट हो । जम्मा प्लान्ट संख्या : तीनवटा छन् भने उक्त प्लान्ट जडान गर्न सहयोगी संस्थाहरु जीवन विकास लघुवित्त वित्तीय संस्था लि.का साथै फरर्वाड लघुवित्त वित्तीय संस्था लि., गुराँस लघुवित्त वित्तीय संस्था लि. र सपोर्ट लघुवित्त वित्तीय संस्था लि. रहेका छन् ।
यस प्लान्ट तयार पार्दासम्मको लागत ४ लाख रुपैयाँ रहेको संस्थाले जनाएको छ ।









प्रतिक्रिया