बिहीबार, जेठ २, २०८२

भारतमा नौ हजार ६२ कोरोना संक्रमित

नेपालखोज २०७९ भदौ १ गते १७:२६

नयाँदिल्ली । भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस संक्रमित भएका संघीय स्वास्थ्य मन्त्रालयले आज (बुधबार) सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस संक्रमित भईसकेका छन् ।

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ संक्रमित भएका थिए । दैनिक संक्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय संक्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना संक्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । यो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया