एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यास ब्याक पाउने
नेपालखोज
२०७९ भदौ १ गते २०:२८

काठमाडौं । आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यास ब्याक अफर प्रस्तुत गरेको छ ।
एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा नेपाली रुपैंयाँ क्रमशः तीन सय ५० र पाँच सय क्यास ब्याक सुविधा पाउने भएका छन ।
क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागि मात्र उपलब्ध रहने बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया