नाडा ईभी एक्स पो २०२२ को स्टल बुकिङ खुल्ला
नेपालखोज
२०७९ भदौ १ गते २०:३३
काठमाडौं । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा ईभी एक्सपो २०२२को आयोजना गरिने भएको छ ।
उक्त इभि एक्सपोका लागि आजबाट भाद्र ५ गते सम्मका लागि स्टल बुकिङसमेत खुल्ला गरिएको नाडा ईभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
सम्बन्धित








प्रतिक्रिया