हिमपर्वत हाइड्रोपावर लिमिटेड र सीबीआईएल क्यापिटलबीच सेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौं ।हिम पर्वत हाईड्रोपावर लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड सम्झौता भएको छ । बुधबार एक समारोहकाबीच त्रिपुरेश्वर, काठमाडौंमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सीबीआईएल क्यापिटल लिमिटेड का तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सीबीआईएल क्यापिटलले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।
हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागुँ खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागुँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।








प्रतिक्रिया