मंगलबार, पुष ८, २०८२

कामना सेवा विकास बैंकद्वारा मर्चेन्ट बोनस योजना सार्वजनिक

नेपालखोज २०७९ भदौ २ गते २०:०३

काठमाडौं । कामना सेवा बिकास बैंकले आफ्ना फोन पे क्यु आर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्नो फोन पे क्यु आर मर्चेन्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको यही भदौ एक गते देखि सुरु गरेको हो ।

क्युर कारोबारमा बोनसको बहार, मर्चेन्टहरुलाई कामना सेवाको उपहार योजना अन्तर्गत क्यु आर मर्चेन्टहरुले क्युर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको १५ प्रतिशत वा ५० रुपैंयाँसम्म बोनस बापत आफ्नो कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको डिजिटल पेमेन्ट एयरलाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया