माछापुच्छ्रे बैंक र फेकनबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेसनल कन्सल्टेन्सिज अर्गनाइजेसन नेपाल (फेकन) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यावसायिक सम्झौता भएको छ ।
सम्झौतापत्रमा फेकनका तर्फबाट अध्यक्ष वासु नेपाल तथा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत टीका भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात फेकनमा आबद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवा सरल र सहज रुपमा उपलब्ध गराउनेछ ।
बैंकले आफ्ना सम्पूर्ण शाखा सन्जालबाट संघ तथा संघमा आबद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता, शैक्षिक कर्जा तथा अन्य बैंकिङ सुविधामा विशेष सहुलियत प्रदान गर्नेछ । साथै उक्त सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले फेकनसँग आबद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानी गर्न सक्नेछन् ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ सेवा तथा २०७ एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।








प्रतिक्रिया