बिहीबार, जेठ २, २०८२

पाकिस्तानी प्रहरीले सुरू गर्‍याे पूर्व प्रधानमन्त्री खानमाथि अनुसन्धान

नेपालखोज २०७९ भदौ ६ गते ८:००

काठमाडाैं । पाकिस्तानको प्रहरीले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान सुरु गरेको छ । शनिबार एक राजनीतिक मन्तव्य दिएपछि उनीविरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ ।

यी पूर्व शीर्ष नेताका समर्थकहरू उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेको खण्डमा आफूहरूले परिस्थिति ‘नियन्त्रणमा लिने’ बताएपछि देशमा तनाव चुलिएको छ ।

गत एप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको मुखर आलोचक बनेका छन् । क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो । यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्।

शनिबार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे ।

‘तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ,’ उनले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिए । बीबीसी

प्रतिक्रिया