महालक्ष्मी विकास बैंकद्वारा तीज विशेष ‘नारी सम्मान अभियान’ सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । महालक्ष्मी विकास बैंकले हरितालिका तीज २०७९ को अवसरमा नारीलाई लक्षित गरेर ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको हो ।
भादौ महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५० प्रतिशत छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो । देशैभर छरिएर रहेका एक सय तीन वटा शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
बैंकले प्रदेश १ मा ५, प्रदेश २ मा १५, बाग्मती ३७, गण्डकी ९, लुम्बिनी १८, कर्णली २ र सुदुरपश्चिम १७ वटा गरी कुल एक सय तीन वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।
बैंकले ग्राहकको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको दावी पनि बैंकले गरेको छ ।








प्रतिक्रिया